तनहुँ । बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।
नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेकोमा लगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए। थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको उनले पुष्टि गर्नुभयो ।
खबर बजार । २२ फाल्गुन २०७८, आईतवार १७:५१