

सुर्खेत । राष्ट्रिय जनसाँस्कृतिक महासंघ, कर्णाली प्रदेश कमिटीले चैत महिनाको ५ गतेभित्र सबै जिल्लामा संगठन विस्तार गरिसक्ने भएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा आइतबार भएको प्रदेशस्तरीय भेलाले कर्णालीका सबै जिल्लाहरुमा जिल्ला कमिटी र महासंघका घटक संगठनका गठन गरिसक्ने कार्ययोजना निर्माण गरेकाे हो ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गाेरख बाेकटीकाे प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले प्रदेश कमिटी अध्यक्ष बिनाेद शाह, केन्द्रीय सदस्य नवराज रावत, महासंघका प्रदेश ईन्चार्ज प्राध्यापक डाक्टर जिवेन्द्रदेव गिरी, एमाले सुर्खेत जिल्ला अध्यक्ष अमृत बिसीको पनि उपस्थिति थियोे ।
महासंघका केन्द्रीय सदस्य एवम् कर्णालीका संयाेजक खड्ग भट्टराईकाे अध्यक्षतामा भएको भेलाको सञ्चालन केन्द्रीय सदस्य बालकृष्ण सुनारले गर्नु भएको राष्ट्रिय जननाटयकर्मी संघका केन्द्रीय सदस्य अकबर खानले जानकारी दिनुभयो ।
यसैबीच, अशाेक बस्नेतको अध्यक्षतामा महासंघको ११ सदस्यीय सुर्खेत जिल्ला कमिटी चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा लक्ष्मी खडका, उपाध्यक्षमा बालकृष्ण खरेल, सचिवमा भुमिका परियार, काेषाध्यक्षमा सन्ध्या परियार र सहसचिवमा सुशील गिरी चयन हुनुभएको छ ।
कमिटीको सदस्यहरुमा तिलक गन्धर्व, युवराज पंगाली, सुनिता नेपाली, अर्जुन तिरुवा, विवेक अाचार्य, दुर्गा हमाल, सीता विक, राम प्रसाद कँडेल, महेन्द्र विसी र भुपेन्द्र विसी रहनुभएको छ ।
भेलाबाट महासंघ सुर्खेतका चारवटा साँस्कृतिक घटक पनि गठन गरिएको छ ।
अशाेक बस्नेतकाे अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनसंगीत कलाकार संघ नेपाल, बालकृष्ण खरेलकाे अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय जननाटयकर्मी संघ नेपाल, सुशील गिरीकाे अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय ललिताकला संघ नेपाल र राम प्रसाद कँडेलकाे अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनसाहित्य संघ नेपाल गठन भएको छ ।

खबर बजार । २२ फाल्गुन २०७८, आईतवार २०:२०