

सुर्खेत । कर्णाली घुमौं वृहत साँस्कृति कार्यक्रमका लागि अहिलेका चर्चित गायक र गायिका सुर्खेत आउन लागेका छन् । वीरेन्द्रनगरको घण्टाघरमा आयोजना गरिएको कार्यक्रममा चर्चित तीन गायिका र बाल गायक सहभागी हुन लागेका हुन् ।
कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धनी भएकाले प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल ह्याण्ड बल संघ शाखा सुर्खेतका सचिव निरक ठकुरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सुर्खेत आउन लागेका कलाकारहरुमा पछिल्लो पटक रुचाइएका गायिकाहरु अस्मिता अधिकारी, एलिना चौहान, रचना रिमाल र बाल गायक सुप्रिम मल्ल ठकुरी छन् ।
घण्टाघर प्रमुख पर्यटकीय स्थल भएकाले पनि कार्यक्रम पार्कमा राखिएको ठकुरीको भनाई छ । उहाँले कार्यक्रममा प्रवेशका लागि दुई सयको टिकट लाग्ने जानकारी दिनुभयो ।

खबर बजार । १८ चैत्र २०७८, शुक्रबार ०६:४६