मुम्बई । हिन्दू धर्मावलम्बीको संवेदनशिलतालाई असर तुल्याएको भन्दै भारतमा धार्मिक विवाद बढेको छ ।
सन्नी लियोनीको नयाँ म्युजिक भिडिओले हिन्दू धर्मावलम्बीको संवेदनशिलतालाई असर तुल्याएको भन्दै लियोनीको पोस्टरसमेत च्यातिएको छ ।
डिसेम्बर २८ मा रिलिज भएको लियोनी फिचर्ड गीत मधुवनमा सुदर्शन चक्रको दुरुपयोग गरिएको र हिन्दूवादी संगठनविरुद्ध नारावाजी गरिएको भन्दै अन्तर्राष्ट्रिय हिन्दू परिषद् र राष्ट्रिय बजरंग दल विरोधमा उत्रिएका हुन् ।
ती हिन्दूवादी संस्थाले लियोनीमाथि कार्वाही गर्न र गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै हरिपर्वत प्रहरी केन्द्रमा उजुरी दिएका छन् ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले आपत्तिजनक गीतलाई तत्काल रोक्न माग गर्नुभएको छ । तीन दिनभित्र आफ्ना सबै प्लेटफर्मममा नयाँ गीतलाई पोस्ट गरिने कम्पनी सारेगमाले विज्ञप्तिमा जनाएको छ ।
खबर बजार । १५ पुष २०७८, बिहीबार ०७:४६