कास्की । लागूऔषध सेवनको अभियोगमा ‘लाउरे’ भनिने चर्चित र्यापर आशिष राना कास्कीको पोखरामा पक्राउ परेका छन् ।
लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको अवस्थामा भेटिएको र लाहुरेसहित अरु ४ जना पक्राऊ परेका कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत रहनुभएका लाउरेबाट लागूऔषध बरामद भने नभएको उहाँको भनाई छ ।
लागुऔषध नियन्त्रण ऐनअनुसार लाउरेलाई १० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैदको सजाय हुनसक्छ । र्यापर यमबुद्धका मिल्ने साथी रहेका लाउरेले ताण्डव फिल्ममा समेत अभिनय गर्नुभएको थियो ।
खबर बजार । १५ पुष २०७८, बिहीबार ०७:५५