‘द भ्वाइस किड्स’को उपाधि जेनिशलाई

काठमाडौं । बालबालिकालाई लक्षित गरि सञ्चालन भएको रियालिटी-शो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनमा जेनिश उप्रेतीले उपाधि जित्नुभएको छ ।

चारवटा टिम रहेको रियालिटी-शो अन्तर्गत हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट प्रमोद खरेलको टिमबाट अन्तिम प्रतिस्पर्धामा पुग्नुभएका जेनिशले उपाधि जित्नुभएको हो ।

‘द भ्वाइस किड्स’ हिमालय टीभी एचडीबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने गरेको थियो ।