अर्को उत्प्रेरक गीत: खुशी भएर फर्कन स्वदेश सार्वजनिक (भिडिओ)

काठमाडौं । विकासविद् तथा सकारात्मक सोंच सम्बन्धि प्रख्यात प्रशिक्षक डाक्टर आरसी लामिछानेद्वारा लिखित अर्को उत्प्रेरक गीत सार्वजनिक भएको छ ।

यसअघि सार्वजनिक भएको ‘हामी सबैले सक्दछौँ’ को अपार सफलता पश्चात अर्को उत्प्रेरक गीत ‘खुशी भएर फर्कन स्वदेशमा’ बोलको उत्प्रेरक गीत सार्वजनिक भएको हो ।

‘दि इरिप्स’ नामक युटुव च्यानलबाट सार्वजनिक भएको यो गीतले विभिन्न कारणले परदेशमा गएर काम गर्न बाध्य युवा समूहलाई काम गर्न सकारात्मक ऊर्जा मिलोस् र परदेशको बसाइँ सहज हुने मनस्थिती बनोस् भन्ने भावना समेटिएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका डाक्टर लामिछानेले लेखेको गीतमा गायक एवम् सङ्गीतकार नरहरी प्रेमी र गायिका सुमिना लो सँगै टेरेसा विश्वकर्मा र अनिल श्रेष्ठले स्वर दिएका छन् भने लक्षुप्रकाश मल्लको सङ्गीत संयोजन छ ।

अमेरिकाको केस वेस्टन विश्वविद्यालयबाट प्रशंसनीय खोजमा अध्ययन गर्नुभएका डाक्टर लामिछानेले करिव १७ वर्षदेखि प्रशंसनीय खोज सम्बन्धी तालिम दिँदै आउनुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सोच र प्रसंसनीय खोज र द्वन्द्व व्यवस्थापन तथा शान्ति निर्माणका प्रशिक्षकका रुपमा ख्याती प्राप्त डाक्टर लामिछानेले नेपाललगायत चीन, भारत, बंगालादेश, फिलिपिन्स, दक्षिण अफ्रिका, कोरिया, थाइल्याण्ड, मलेशीया टर्की, श्रीलंकालगायतका देशहरूमा विभिन्न कार्यक्रमहरुमा सहजिकरण गर्नुभएको छ ।

डाक्टर लामिछाने हाल कस्कीको पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

हेर्नुहोस् गीत :