GEDSI पहलको स्थिति, चुनौती र सफलताहरु साथै उकृष्ट अभ्यासहरुका बारेमा साझा कार्याशाला सम्पन्न


सुर्खेत । GEDSI (जेड्सि) पहलको स्थिति, चुनौती र सफलताहरु साथै उकृष्ट अभ्यासहरुका बारेमा साझा कार्याशाला गरिएको छ । आईतबार वीरेन्द्रनगर नगरपालिकाको आयोजना, अष्ट्रेलियन सरकार र द एसिया फाउन्डेसनको स्थानिय सरकार सवलिकरण कार्यक्रमको आर्थिक सहयोग र दलित महिला केन्द्रको प्राविधिक सहयोगमा कार्यशालाको आयोजना गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले हाल सम्म लक्षित वर्ग तथा लैंगिक समानता, अपांगता तथा समावेशिकरण सम्वन्धी बनाएको ऐन, निति, कार्यक्रम, कृयाकलाप तथा उपलब्धी सम्वन्धी नगर प्रमुख मोहनमाया ढकालले प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त प्रस्तुतिकरणमा छलफल गरिएको थियो ।
छलफलमा बोल्दै शिक्षा शाखा अधिकृत उत्तम प्रसाद आचार्यले LGBTQI+  का विषयमा कार्यक्रम संचालन र व्यवस्थापन गर्र्दा खुलेर सहभागि नहुने समस्या रहको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र देव गिरिले LGBTQI+ कार्यक्रम संचालन गर्न कुनै संस्था समुह तथा संगठन नहुँदा स्वास्थ्य लगाएतका अन्य लक्षित वर्गका कार्यक्रमको जिम्मेवारी प्रदान गरी कार्यन्वयन गर्न नसकिएको जिकिर गर्नुभयो ।
राष्ट्रिय अपांग महासंघका कार्यक्रम निर्देशक जितलाल ढकालले वीरेन्द्रनगर नगरपालिकाले अपाङ्गताको क्षेत्रबाट पनी कार्यपालिका सदस्य तथा जनप्रतिनिधी बनाउने निति बनाउनु पर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तीहरु प्रति बोल्ने भाषाहरुमा पनी समस्या भएको भन्दै ढकालले जनप्रतिनिधीले शब्द चयनमा ख्याल गर्नुपर्ने बताउनुभयो । लक्षित बर्गको कार्यक्रम संचालन गर्ने समुह तथा संस्थाहरुको अनुगमन गर्न आवश्यक रहेको कार्यक्रमका सहभागिहरुले बताएका थिए । यस्तै लक्षित बर्गका लागी विभिन्न कार्यक्रमहरु निर्माण गर्ने गरिएको भएता पनी यस्ता कार्यक्रम संचालनमा समस्या हुने र कार्यक्रम संचालननै नहुने समस्या रहको उनिहरुको भनाई रहेको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले छलफलमा उठेका सवालहरुलाई कार्यविधी निर्माण गरी कार्यान्वयन गर्न प्रक्रिया अगाडी बढाउने बताउनुभयो । नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा भएको कार्यशालामा दलित महिला केन्द्र नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य लक्ष्मी परियार, द एसिया फाउन्डेसनका कर्णाली प्रदेश कार्यक्रम संयोजक विशाल आचार्य, दलित महिला केन्द्र सुर्खेतकी फिल्ड अधिकृत धर्मा सुवेदी लगाएत वीरेन्द्रनगर नगरपालिकका कार्यालिका सदस्य, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु तथा विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।