बालकृष्ण सुनारको प्रगतिशील तिज गित नपर चेलि अल्मल सार्वजनिक

सुर्खेत । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको आगमन संगै बजारमा धमाधम तिज गितका भिडियोहरु सार्वजनिक भैरहेका छन् । यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि यो बर्ष धेरै सर्जकहरुले तिज गितका भिडियोहरु सार्वजनिक गरेका छन् । ती सर्जकहरु मध्यका एक बालकृष्ण सुनारको पनि पहिलो तिजको गित आज सार्वजनिक भएको छ ।

सुनारले यसभन्दा अगाडि पनि राष्ट्र,राष्ट्रियता, जन जिवन र जनजिविका,सामाजिक विभेदका सवालहरुमा थुप्रै आफ्ना रचनाहरु बाहिर ल्याउदै आउनु भएको छ । कला,साहित्य र संस्कृतिमा विशेष रुचि राख्ने सुनारको यो तिजको गित मार्फत हाम्रो समाजमा महिलाहरुले भोगिरहेको सामन्ती संस्कारबाट सिर्जित समस्या,महिला पुरुषका बिचको असमानता,समाजिक कार्यहरुमा महिलाको अग्रसरता र राष्ट्रिय भावना जागृत गर्ने उदेश्य रहेको सर्जक बालकृष्ण सुनारले बताउनु भएको छ ।

सर्जक बालकृष्ण सुनारको शव्द,संगित रहेको यो गितमा संन्ध्या परियारको स्वर,अशोक कुमार बस्नेतको एरेन्ज,भिडियोको छायांकन तथा सम्पादन अकबर खानले गर्नु भएको छ । लक्ष्मि गिरि,सन्ध्या परियार र पवित्रा सुनारको अभिनय रहेको भिडियोको कोरियो ग्राफि तथा निर्देशन मौशम बरालले गर्नु भएको हो ।