थप ६ सय ८० जनामा कोरोना पुष्टि

काठमाडौं । देशभर थप ६ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जम्मा सात हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४ सय जना सक्रिय संक्रमित रहेका छन् ।