थप ६८ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पाँच सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४ सय ६१ जना संक्रिय संक्रमित रहेका छन् ।

योसँगै ९ लाख ५९ हजार ९३ जना संक्रमणमुक्त भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ४६ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ जना कोरोना संक्रमित थपिएका छन् ।