सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडानम्बर ५ का एक सय ३५ जना महिलाहरुलाई मंगलबार निःशुल्क स्वास्थ्य सेवा र कानूनी परामर्श एकैसाथ गरिएको छ ।
नेपाल परिवार नियोजन संघ, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिसापानी, युथ एड्भोकेसी बोर्ड र कर्णाली केयर इन्टरनेशनल हस्पिटलको सहयोगमा लाइन्स क्लव अफ सुर्खेत दोभानचौर र लाइन्स क्लव अफ सुर्खेत चौघानले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिवीर र परामर्श गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका वडानम्बर ५ का वडाअध्यक्ष राजबहादुर गुरुङकाे प्रमुख आतिथ्यता र लाइन्सका डिस्ट्रिक एक्जुकेटिभ चेयर पर्सन टीकाराम चपाईँको विशेष आतिथ्यतामा भएको कार्यक्रममा श्रीनगर टोल र सितल टोलका महिलाहरुले सेवा लिएका छन् ।
शिवीरमा स्त्रिरोग विशेषज्ञ डाक्टरहरु दुर्गा थापा, अर्चना कार्की र विनिता तथा बालरोग विशेषज्ञ डाक्टर नवराज केसीसँगै तीन जना पारामेडिक्सले स्वास्थ्य सेवा दिएका छन् ।
दोभानचौर क्लवका अध्यक्ष धनबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा कानून संकायका छात्राहरुले कानूनी अनुशिक्षण गरेका कार्यक्रम संयोजक रमेश शाहीले जानकारी दिनुभएको छ ।
लाइन्सका क्लवहरुले सधैं सामाजिक सेवामा तल्लिन रहेकाले यस्ता अभियानहरु आगामी दिनमा सञ्चालन भइरहने मेम्बरसीप काेअर्डिनेटर कविराज गिरीले खबरबजारलाई बताउनुभयो ।
खबर बजार । २४ फाल्गुन २०७८, मंगलवार १९:०८