सुर्खेत । लायन्स क्लव अफ सिद्धपाइला सुर्खेतले मंगलबार करिव चार दर्जन महिलालाई ‘असल अभिभावकत्व तथा मनोसामाजिक सु-स्वास्थ्य’ प्रशिक्षण कार्यक्रम गरेको छ ।
मनोविमर्शकर्ता शर्मिला विसी, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य अधिकृत खगेन्द्रप्रसाद गैरेले सहजिकरण गरेको प्रशिक्षणमा लायन्स क्लवका ४५ जना महिलाहरु सहभागि भएको क्लवका सचिव सरिता शर्माले जानकारी दिनुभयो ।
क्लवले सामाजिक क्षेत्रमा उच्च योगदान पुर्याएवापत लायन्स लिडर विन्दु नेपाल, सरस्वती बस्नेत, चन्द्रा भट्टराई, मञ्जु तिवारी, मनोविमर्शकर्ता शर्मिला विसी र सहजकर्ता प्रकाश गैरेलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष ज्ञानुकुमारी सुवेदी (गैरे) ले गर्नुभएको हो ।
कार्यक्रममा सिनियर लायन्स लिडर टिकाराम चपाई, कमल नेपाल, विन्दु नेपाल, हरिहर बस्नेत, सरस्वती बस्नेत, युवराज पौडेल, छवि आचार्यलगायतको सहभागिता थियो ।
खबर बजार । २४ फाल्गुन २०७८, मंगलवार २१:०३