

काठमाडौं । नेपालमा २ सय २४ जना कोरोना भाइरसबाट संक्रमण फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप ६ हजार ९ सय ३६ पीसीआर र ३ हजार १ सय ५६ जनाको एन्टिजेन परीक्षण २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै अब देशभर ५ हजार ६ सय ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ । बुधबार २ सय ५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

खबर बजार । २५ फाल्गुन २०७८, बुधबार १७:२६