जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एक वर्षमा गरेका काम सार्वजनिक गरेको छ । प्रतिष्ठानका उपकुलपतिका रूपमा डा. मङ्गल रावलले एक वर्षमा भएका गतिविधि सार्वजनिक गर्दै सबैभन्दा ठूलो वार्षिक उपलब्धि एमबीबीएस पढाइ भएको बताउनुभएको हो ।
उपकूलपति रावलले प्रस्तुत गरेको प्रतिवेदनमा एक वर्षमा जुम्लामा विशेषज्ञ डाक्टर उत्पादनदेखि शैक्षिक प्रशासनिक भौतिक पूर्वाधार निर्माणले फड्को मारेको दाबी गरिएको छ । उहाँले कार्यभार सम्हालेको एक वर्षमा जुम्लामा एमबीबीएस, बीएनएस, बीफार्मालगायतका शैक्षिक कार्यक्रमको सुरुवात भई पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो ।
कोभिडमा उत्कृष्ट कामको भिड महामारीमा देशकै उत्कृष्ट सेवा प्रवाह प्रतिष्ठानले गरेको विवरणमा उल्लेख छ । कर्णालीका दुर्गम जिल्ला हुम्लामा एमडीजीपी विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको छ ।
कोभिडको समयमा अस्पताल क्षेत्रमा मात्रै नभई कर्णालीका सबै जिल्लामाको भिडविरुद्ध सचेतना तथा उपचारमा प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली जुटेको प्रतिवेदनमा उल्लेख छ । औषधि आपूर्ति, सेवा प्रवाह, सञ्चार सहकार्य, दुर्गम जिल्लामा सेवा प्रवाहदेखि प्रतिष्ठानको मेडिकल कलेज छात्राबास, शैक्षिक प्रशासनिक भवन, तत्काल निर्माण गर्न जुटिरहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको १० वर्षको अवधिमा हालसम्म विभिन्न नौ वटा विशेषज्ञस्तरका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेकामा अहिले शैक्षिक तथा प्रशासनका ६ वटा भवन भाडाका घरमा सञ्चालित छन् । पूर्वाधार अभावले प्रतिष्ठानको सेवा प्रवाह, अध्ययन, अनुसन्धानमा पारेको प्रभावलाई ध्यान दिँदै प्रतिष्ठानले पूर्वाधार निर्माणलाई जो दिएको बताइएको छ ।
७६ करोड लागतको शैक्षिक प्रशासनिक भवन निर्माण भइरहेको छ । जुम्लालाई मेडिकल हबका रूपमा विकास गर्न च्यारेचौरमा २३ वटा भवन निर्माण प्रक्रिया थालिएको जनाइएको छ ।
खबर बजार । २२ चैत्र २०७८, मंगलवार १४:१२