५० जना पत्रकारले गरे निःशुल्क आँखाको परीक्षण

सुर्खेत । प्रदेश अस्पताल कालागाउँमा ५० जना पत्रकारले निःशुल्क आँखाको परीक्षण गरेका छन् । बुधबार सुर्खेतका ५० जना पत्रकारहरुले निःशुल्क आँखाको परीक्षण गरेका हुन् ।     

पत्रकारका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रममा अस्पतालका निर्देशक प्रा।डा।डम्बर खड्काले बैशाख महिनादेखि अस्पतालमा आँखाको पनि परीक्षण शुरू गरिएको जानकारी दिनुभयो ।

प्रा।डा खड्काले आजसम्म चार जना विशषज्ञ डाक्टरहरुबाट एकसय भन्दा बढीले आँखाको परीक्षण गरिसेको र अबको केहीँ समयमा आँखाको अप्रेसन तथा चस्माको पसल पनि सञ्चालनमा ल्याउँन लागिएको बताउनुभयो ।

खड्काले पत्रकारहरुका लागि अस्पतालले विभिन्न सेवाहरुको परीक्षणका केहीँ मात्रामा छुट दिँदै आएको र आज आँखाको पनि निःशुल्क परीक्षण गरिएको बताउनुभयो । साथै प्रा।डा। खड्काले पत्रकारहरुसँग अस्पतालले दिँदै आएका सबै सेवा सुविधाका बारेमा आम नागरिकहरुको माझमा पुराउन समेत अनुरोध गर्नुभयो।

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अस्पताल र अस्पतालका निर्देशक प्रा।डा डम्बर खड्कलाई महासंघको अनुरोधलाई सहजै स्विकार गरेर आँखाको निःशुल्क परीक्षणका लाति वातावरण मिलाई दिएको भन्दै धन्यवाद समते व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना दिवसको अवसर पारेर बुधबार पहिलो दिन आँखाको निःशुल्क परीक्षण गरिएको सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाले जानकारी दिनुभयो ।

सचिव बुढाका अनुसार उहीँ बैशाख १६ गते परेको स्थापनाको अवसरमा पहिलो दिन बैशाख १४ गते आज अस्पतालसँग समन्वय गरेर निःशुल्क आँखाको परीक्षण गरिएको छ भने, बिहीबार रक्तदान र भलिबल र शुक्रबार अन्तरक्रिया लागायतका कार्यक्रम महासंघले तय गरेको छ ।।