

सुर्खेत । सरकारले आगामी जेठदेखी आइतबार पनि विदा दिने निर्णय गरेपनि कर्णाली प्रदेश अस्पतालले विदा नदिने निर्णय गरेको छ ।

सरकारले जेठदेखी शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरेर सूचना राजपत्रमा प्रकाशीत गरिसकेको छ । ‘लगातारको दुई दिनको विदाका कारण विकट ठाउँबाट आउने सेवाग्राही मर्कामा पर्ने देखिएको प्रवक्ता डा. केसीले बताउदै गरिव निमुखा विरामीहरुलाई थप आर्थिक भार पर्ने र समयमै सेवा नपाउँदा कठिनाइ हुने भएकाले आइतबार पनि अस्पतालले सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।
उहाँले परीक्षणका रुपमा जेठ १ गतेदेखी आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा विहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म यथावत रहने जानकारी दिनुभयो ।

खबर बजार । २८ बैशाख २०७९, बुधबार १८:३९