के हो कोरोनाविरुद्धको ‘बुस्टर डोज’ ? अनि कसले लगाउने ?

काठमाडौं । सरकारले ६ प्रकारका बिरामी र ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुलाई मात्र कोभिड-१९ विरुद्धको ‘बुस्टर डोज’ अर्थात् तेस्रो मात्रा दिने निर्णय गरेको छ ।

‘बुस्टर डोज’ भन्न अस्वीकार गर्दै सरकारले नाम दिएको ‘थप एक अतिरिक्त मात्रा’ लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने छ ।

खोप लगाएको ३ महिना पुगेकालाई पहिले लगाएको वाला खोपको अर्को मात्रा दिन सरकारले सूचना जारी गरेको छ ।

कसले लगाउछन् ‘बुस्टर डोज’ ?

(१) मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु ।

(२) सक्रिय क्यान्सर रोगीहरु ।

(३) अंग प्रत्यारोपण गरेका व्यक्तिहरु ।

(४) एचआइभी भएका बिरामीहरु

(५) उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामी ।

(६) भेरोसेल तथा सिनोफार्म खोप लगाएका ।

(७) ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरु ।