काठमाडौँ । एसियाली विकास बैंकको ऋण सहयोगमा कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप चीनबाट नेपाल भित्रिएको छ ।
भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप नेपाल आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।
नेपालको कूल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।
खबर बजार । २७ पुष २०७८, मंगलवार १५:४५