एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ ।

पोखरेलले फेसबुकमार्फत, आफू संक्रमित भएको जानकारी गराउँदै ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन’ लेख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’