राष्ट्रपति अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना हुनुभएको छ ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार रुघा खोकी र ज्वरो आएपछि भण्डारी अस्पताल भर्ना हुनु भएको हो ।

शिक्षण अस्पतालका उपनिर्देशक डाक्टर निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।