

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको समाप्तिपछि कोभिड १९ महामारीको अन्त्य हुने विश्वास गरेको छ ।
ओमिक्रोनले कोभिडलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने डब्लुएचओको विश्वास छ ।
डब्लुएचओका महानिर्देशक हान्स क्लुगले ओमिक्रोन केही महिनापछि शान्त रहने बताउनुभयो ।
खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उहाँले बताउनुभएको छ । यसवर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने उहाँको भनाई छ ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गर्नुभएको छ ।

खबर बजार । १० माघ २०७८, सोमबार ०६:०२