

काठमाडौं । नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ ।
पछिल्लो पटक ८ हजार ४ सय ५४ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले २० हजार ३ सय ५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका बताउनुभयो ।
संक्रमणदर उकालो लागिरहेको बताउँदै उहाँले ४१.१ दैनिक संक्रमणदर भएको बताउनुभयो ।
संक्रमितको संख्या उकालो लाग्दै जाँदा अस्पतालमा बिरामीको चाप बढ्न सक्ने उहाँको भनाई छ ।
बुधबार थप ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, पछिल्लो पटक २ लाख ५६ हजार ४ सय १६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

खबर बजार । १२ माघ २०७८, बुधबार ११:०६