देशभर थप एक हजार ७ सयभन्दा धेरैमा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५ सय १३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २ सय २५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १ सय ३ र तीन हजार २ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ सय ११ गरी एक हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७ सय ८० संक्रिय संक्रमित छन् । जसमध्‍ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् ।

हालसम्म ३ करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र १ करोड ७७ लाख ४० हजार ८३५ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाई छ ।