मुलुकभर १३ सय कोभिड बिरामी थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा आज आइतबार थप १३ सय ८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

यसैगरी ८ हजार ७ सय ४ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नौ हजार २ सय ५१ जनाको नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

सक्रिय संक्रमित संख्या ४५ हजार ३ सय ४८ रहेको छ । मन्त्रालयकाअनुसार ७९ हजार ९५९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।