

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९ सय ८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९ सय ७३ जनामा पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित २७ हजार ४ सय ४१ जना रहेका छन् ।

खबर बजार । २८ माघ २०७८, शुक्रबार २१:५१