सुनको भाउ सामान्य बढ्यो चाँदी घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै भाउ याथवत् रहेको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।