ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्रिकेट क्वालिफायरमा नेपालले सुखद् सुरुवात गरेको छ ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७८ रनमै अलआउट भयो ।