नेपाल सेमिफाइनलमा, विश्वकप पुग्न यूएईलाई हराउनुपर्ने

काठमाडौं । नेपालले आसन्न टी-२० विश्वकप क्रिकेटमा स्थान बनाउन युएईलाई हराउनुपर्ने भएको छ ।

ओमानमा जारी छनोट प्रतियोगितामा समूह विजेताका रुपमा नेपालले सेमिफाइनलमा स्थान बनाएपछि यूएईसँग भिडन्त तय भएको हो ।

अर्को समूहबाट आयरल्यान्ड विजेता र यूएई उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । सेमिफइनलका विजेता दुई टाेली विश्वकपका लागि छनाेट हुनेछन् ।

पहिलो ख‍ेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले हराएको नेपालले सोमबार भएको समूहको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटल‍े पराजित गरेको हो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गरेको क्यानडालाई ८० रनमा समेटेको थियो ।

क्यानडा १५ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटिएको हो ।

३५ रन जोड्दा १ विकेट मात्र गुमाएको क्यानडाले थप १३ रनमा ८ विकेट गुमाएको थियो । नेपालले यूएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने छ ।

यसअघि नेपालले एकपटक मात्र टी-२० विश्वकप खेलेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छनोट भएको थियो ।