‘ए’ डिभिजन लिगमा पुलिस र एपीएफ तथा आर्मी र संमटा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस र नेपाल एपीएफ तथा आर्मी र संकटाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् ।

पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ भने, एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

यसैगरी अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ भने संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।