काठमाडौं । सन् २०२३ मा चीनमा हुन लागेको एसियन कप फुटबलको छनोटमा नेपाल एमूह ‘ए’ मा परेको छ । बिहीबार भएको ‘ड्र’ मा नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया रहेको समूह ‘ए’ मा परेको हो ।
बिहीबार भएको ‘ड्र’ मा २४ टोलीलाई ६ समूहमा बाँडिएको छ र हरेक समूहको शीर्ष टोली र उपविजेता मध्ये उत्कृष्ट ५ ले एसियन कपमा स्थान बनाउने छ । २४ टोलीले अन्तिम चरणको छनोट खेल्नेछन् ।
दोस्रो चरणको छनोटमा परेको प्रदर्शनका आधारमा आयोजक चीनसहित १३ टोली एसियन कपका लागि छनोट भइसकेका छन् । अन्तिम चरणको क्लालिफायर्सबाट ११ टोलीको टुंगो लाग्ने छ ।
नेपालले आफ्नो पहिलो खेल जोर्डनविरुद्ध खेल्ने भएको छ । समूह ‘ए’मा परेसँगै पहिलो खेल ८ जुनमा नेपालले जोर्डनको सामना गर्ने भएको हो । समूह ‘ए’मा नेपाल र जोर्डनसँगै कुवेत र इन्डोनेसिया पनि परेका छन् ।
नेपालले दोस्रो खेल ११ जुनमा कुवेतसँग र तेस्रो खेल १४ जुनमा इन्डोनेसियासँग खेल्ने पक्का भएको छ । समूह ‘ए’का सम्पूर्ण छनोट खेल कुवेतमा हुने आयोजक एसियन फुटबल फेडेरेसनले जनाएको छ ।
छनोट खेल सिङ्गल राउण्ड रोबिनको आधारमा हुनेछ । समूहका विजेता र पाँच उपविजेता टीमले चीनमा हुने एसियन कप खेल्नेछ ।
खबर बजार । १२ फाल्गुन २०७८, बिहीबार १४:१७