काठमाडौं । चैत महिनाको १० र १३ गते हुने थाइल्याण्डको राष्ट्रिय टीम र चोनबुरी क्लबसँगको मैत्रीपूर्ण खेलका लागि २५ जना नेपाली खेलाडीको टुङ्गो लागेको छ ।
नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकाअनुसार मैत्रीपूर्ण खेलका लागि कप्तान किरणकुमार लिम्बुसहित टिकेन्द्र थापा, दीप कार्की, अनिश लामा, आयुष घलान, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङको टुङ्गो लागेको हो ।
यसैगरी, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरजज्यू ठकरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ पनि मैत्रीपूर्ण खेलका लागि छानिएका छन् । उनीहरुलाई प्रशिक्षणको लागि बोलाइएको छ ।
नेपालले मार्च २४ अर्थात् चैत १० गते थाइल्याण्डको राष्ट्रिय फुटबल टीम र मार्च २७ अर्थात् चैत १३ गत त्यहाँको स्थानीय क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल थाइल्याण्डको चोङबुरीमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एएफसी एसियन कप २०२३ को छनोटको तयारीस्वरूप नेपाली फुटबल टीमले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टीमले यसअघि दरशथ रंगशालामा खेलेको मरिससविरुद्ध दुईवटा मैत्रीपूर्ण खेल जितेको थियो ।
खबर बजार । २५ फाल्गुन २०७८, बुधबार १६:४४