काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
एपिएफले प्रदेश नम्बर १ लाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
एपीएफले ३४ बलअघि नै सहज जित पाएको हो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।
खबर बजार । ११ पुष २०७८, आईतवार ०९:२३