काठमाडौं । साविक विजेता नेपालले बंगलादेशको ढाका भएको एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
मंगलबार फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २५–२४ ले जितेको नेपालले दोस्रो सेटमा २५–२४ ले नै पराजित भयो ।
तेस्रो सेट २५–१५ को सहज जित निकालेको नेपाल चौथो सेटमा भने उज्वेकिस्तानसँग २५–२२ पराजित बन्यो ।
दुई–दुईको बराबर बनेर रोमाञ्चक बनेको पाँचौं सेटमा १५–१० ले विजयी भएसँगै नेपालले उपाधि देशमा राखेको हो ।
खबर बजार । १३ पुष २०७८, मंगलवार १७:१९