सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ ।
देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो भएपछि सुर्खेतमा कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । सदस्य सचिव सञ्ज्यालले कर्णालीमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने बताउनुभयो ।
बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको कभर्डहल भित्र अन्तर्राष्ट्रिय मापदण्डको भलिबलको कभर्डहल बन्ने उहाँले बताउनुभयो ।
साथै एक हजार ५०० दर्शक अट्नसक्ने क्षमता भएको कभर्डहल बन्ने र बाहिर दुईवटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेटसमेत बनाउन थालिएको उहाँको भनाई छ ।
खबर बजार । १८ पुष २०७८, आईतवार १५:१६