नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाईज लिग हुने

काठमाडौं । नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाईज लिग हुने भएको छ । टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा ‘राष्ट्रिय बास्केटबल लिग’ हुन लागेको हो ।

राष्ट्रिय बास्केटबल लिगमा ८ क्लबहरूको सहभागिता जनाउनेछन् । ८ क्लबहरूलाई टर्नपाइक इभेन्टले लाइसेन्स दिनेछ । कोरोनाका कारण मिति भने पछि टुङ्ग्याइने आयोजकले जनाएको छ ।

लिगमा खेल्ने क्लबहरूलाई काठमाडौँ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन, बुटवल र धनगढीका शहरहरूलाई प्रतिनिधत्व गर्ने गरी विभाजन गरिएको आयोजकले जनाएको छ । हरेक क्लबमा ख नेपाल मूलका १० खेलाडी हुनेछन् भने अन्तर्राष्ट्रिय खेलाडी २ जना हुनेछन् ।

यस्तै मुख्य प्रशिक्षक १, साहायक प्रशिक्षक १ फिजियो १ र क्लब म्यानेजर एकजना हुनेछन् । लिगको खेलहरू दशरथ रङ्गशालास्थित बहुधेश्यीय कर्भडहलमा हुने आयोजकको भनाई छ ।

नेपाल बास्केटबल संघले राष्ट्रिय बास्केटबल लिग लाइ आफ्नो उच्च श्रेणीको लिगको संज्ञा दिइनेछ । राष्ट्रिय बास्केटवल लिगको खेल सञ्चालनका प्राविधिक पक्षको जिम्मा नेपाल बास्केटवल संघले लिएको छ ।