पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा भारत ३१ रनले पराजित

काठमाण्डौं । पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई दक्षिण अफ्रिकाले हराएको छ । घरेलु मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।