काठमाडौं । ओमानमा हुने आईसिसी टी-२० विश्वकप क्रिकेटको विश्वस्तरको छनोटको पूर्व सन्ध्यामा नेपालले चार देश सम्मिलित शृंखला खेल्ने भएको छ ।
नेपालले फेब्रुअरी ११ मा ओमान, फेब्रुअरी १२ तारिखमा यूएई र फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानमै हुने टी-२० अन्तरर्राष्ट्रिय शृंखलामा घरेलु टोली, यूएई र आयरल्यान्ड पनि हुने छन् ।
नेपालले फेब्रुअरी १७ तारिखदेखि विश्वकप छनोट खेल्ने छ। नेपालले यसअघि एकपटक मात्र टी-२० विश्वकप खेलेको छ।
खबर बजार । ८ माघ २०७८, शनिबार ०५:४५