चारदेशीय शृंखलाको पहिलो खेलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेट ग्लोवल क्वालिफायरका लागि ओमान पुगेको नेपाली टोलीले आजदेखि चार देश सम्मिलित ट्वान्टी-२० अन्र्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

शृंखलाको पहिलो खेलमा ओमान र नेपालबीभ आज प्रतिस्पर्धा हुँदैछ । आज नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि नेपाल र ओमानको खेल सुरु हुनेछ ।

नेपाल र ओमानसँगै युएई र आयरल्याण्ड सम्मिलित शृंखलालाई नेपालले आफ्नो कमजोरी पहिल्याउने र सुधार गर्ने अवसरका रुपमा लिने प्रशिक्षक पुवुदु दाशानायकेले बताइसक्नुभएको छ ।

यस शृंखला पछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ ।

यो शृंखलामा सहभागी सबै टोली ग्लोवल क्वालिफायरकै लागि ओमान पुगेका हुन् ।