काठमाडौं । चार देश सम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न ओमान पुगेको नेपाली क्रिकेट टिमले आज शनिबार दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा शनिबार युएईसँग खेल्ने भएको हो । उक्त खेल नेपाली समयानुसार विहान ११:४५ बजेदेखि शुरू हुने छ ।
यसअघि नेपालले दिपेन्द्रसिं ऐरीको उत्कृष्ट इनिङमा ओमानलाई उसकै मैदानमा ६ विकेटले पराजित गरेको थियोे ।
ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर हाँसिल गरेको हो ।
नेपालसहित ओमान, युएई र आयरल्याण्ड सम्मिलित शृंखलामा नेपालको १४ सदस्यीय टोलीले यसपछि विश्वकपको ग्लोबल छनोटसमेत खेल्नेछ ।
खबर बजार । २९ माघ २०७८, शनिबार ०७:३५