यसरी सम्भव भयो, स्वास्थ्य संस्था ८ बाट १३ पुर्‍याउन…

सुर्खेत । पुस्तौँ देखि अस्थित्वमा रहेको सिम्ता क्षेत्र जहाँ घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडिचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गरी आठ वटा साविकका गाविसहरु छन् । नेपालको संविधानअनुसार राज्यको पुनर्संरचना गर्दासमेत यही भुगोललाई सामेल गरेर ऐतिहासिक सिम्ता गाउँपालिका तयार भएको छ । सिम्तालाई ९ वटा वडामा विभाजन गरिएको छ ।

पाँच वर्ष अघिको कुरो हो । सिम्ता गाउँपालिकामा ८ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र थिए तर स्रोत साधनको अभावले नागरिकहरु धेरैजसो सामान्य उपचारको लागिसमेत सिम्ताबाट बाहिरको यात्रा तय गर्नुपर्ने बाध्यता ।

कुनै बेला गाउँमा समयमै गतिलो स्वास्थ्य सेवा नहुँदा सिम्ता गाउँपालिका आलीकी हिरा पोखरेलले आफ्ना २ वटा सन्तान गुमाउनुप¥यो । स्वास्थ्य संस्थामै भेटिनुभएकी हिरालाई आफ्नो सन्तान गुमाउँदाको पींडा व्यक्त गर्न निकै गाह्रो भयो ।

अब भने अवस्था फेरिएको छ । पहिलाको त्यो अवस्था अब कथामा परिणत भएको छ । सिम्तामा नागरिकलाई सहज स्वास्थ्य सुविधाको लागि स्वास्थ्य संस्थाको संख्या अब १३ पुर्‍याइएको छ । १५ श्ययाको अस्पताल सञ्चालन हुँदैछ । संख्यात्मक हिसावले मात्र होइन स्वास्थ्य सुविधा अहिले गुणात्मक र गुणस्तरको हिसाबले समेत बढेको छ । हिजोआज भने हिरा पोखरेललगायत सबै नागरिकहरु नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधोपचार गर्नुहुन्छ । अहिलेको जस्तो उपचार भइदिएको भए आफना सन्तान बच्चा खेर नजाने उहाँ बताउनु हुन्छ । अहिलेको स्वास्थ्य सुविधा देखेर उहाँ निकै खुसी समेत हुनुहुन्छ ।

हिरा पोखरेल मात्र होइन । सबै समुदाय र सबै उमेर समूहका नागरिकमा अहिले घर नजिकका स्वास्थ्य संस्थाप्रति भरोसा जागेको छ । यी उहाँजस्ता ज्येष्ट नागरिकले आफूले टेक्ने लौरो बराबर भरोसा गरेका छन् ।

अब हाम्रो भेट आलिमा रहेको आधारभुत स्वास्थ्य इकाई केन्द्रमा नागरिकको स्वास्थ्य सेवामा क्रियाशील अवस्थामा रहेको अवस्थामा त्यहाँका प्रमुख धनबहादुर महतरासँग भयो । एकैछिन समय मागेर उहाँसँग थोरै कुराकानी गरेका छौँ ।

सिम्ता गाउँपालिकाका विभिन्न वडामा रहेका स्वास्थ संस्थाको स्तरउन्नतिमा सिम्ता गाउँपालिकाले प्रर्याप्त मात्रामा कार्य गरिरहेको छ ।

स्वास्थ संस्थाबाट सेवा पाउने कुरा त छँदैछ सिम्ता गाउँपालिकाले त्रैमासिक रुपमा गाँउमा निःशुल्क स्वास्थ्य शिवीर समेत सञ्चालन गर्ने गरेपछि आफ्ना नागरिकको स्वास्थ्यप्रति गाउँपालिका कति जिम्मेवार छ भन्ने कुरा स्पष्ट हुन्छ ।

हेर्नुहोस् भिडिओः