हिँउमा रमाइलो (फोटोहरू हेर्नुहोस्)

दैलेखको गुराँस गाउँपालिका ७ को दृश्य । फोटोः प्रेम रामजाली

सुर्खेत । कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै हिउँमा रमाउन तल्लो क्षेत्रबाट उच्च क्षेत्रमा जानेहरूको लर्को लाग्न थालेको छ ।

कर्णाली प्रदेशका हिमाली त यसअघि नै हिउँ परेकोमा पछिल्लो पटक पश्चिमी वायुको प्रभाव थप बढेसँगै अन्य उच्च पहाडी जिल्लामा समेत हिउँ थपिदिएको छ ।
कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट र रूकुम (पश्चिम) का उच्च पहाडी क्षेत्रहरू सेताम्मे देखिएका छन् ।

हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र गरि सबै जिल्लामा हिउँ परेको हो । उपल्लो डोल्पा र मध्य डोल्पा, सुर्खेत चिङ्गाडको बुरूसेलगायत उच्च डाँडाहरू, दैलेखको गुराँस गाउँपालिकाका उच्च क्षेत्र, जाजरकोटको बारेकोट र शिवालयको माथिल्लो भाग, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परेको छ ।

शहरी क्षेत्रमा बसोबास गर्नेहरू हिउँ हेर्न र हिँउमा रमाउन उच्च पहाडि क्षेत्रतर्फ गइरहेका हुन् । सुर्खेतको वीरेन्द्रनगरबाट नजिकैको हिउँ परेका डाँडा क्षेत्र रातानाङ्ला, दैलेखको गुराँसे, बुरूसे लेक, धरमपोखरालगायत क्षेत्रमा गइरहेका हुन् । यसैगरी अन्य जिल्लामासमेत हिउँ हेर्ने र रमाउनेहरू देखिन्छन् ।

हिउँसँग रमाउँदै फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, टिकटकलगायतका सामाजिक सञ्जाल प्रयोजनको लागि फोटो, भिडियो खिच्ने होडबाजी जस्तै देखिन्छ ।

हेर्नुहोस् फोटोहरूः

दैलेखको गुराँस ४ मा । फोटोः कल्पना गुरुङ 
गुराँस गाउँपालिका ७ दैलेख । फोटोः प्रेम रामजाली
दैलेखको गुराँस गाउँपालिका ५ । फोटोः प्रेम हमाल
हुम्लामा । फोटोः विएम महतारा
दैलेखको गुराँसेमा । फोटोः विष्णु शर्मा
दैलेखको गुराँसेमा । फोटोः कृष्ण जिसी (जितेन्द्र)
दैलेखको गुराँसे । फोटोः विजय रुपाखेति
कालिकोट । फोटोः खडानन्द अधिकारी
जुम्ला । फोटोः शिखर चपाईँ
डोल्पा । फोटोः टेक शाही
छत्रेश्वरी क्षेत्र सल्यान । फोटोः प्रतिक शर्मा
कालिकोट । फोटोः रमेश कुमार सोनी
मुगु । फोटोः डबल रोकाय
सुर्खेतको वीरेन्द्रनगर १४ सिद्धपाइला । फोटोः विनोद सोतिमगर