दैलेख- १ का मतदाता भन्छन्, “भरोसायोग्य पार्टी एमाले नै हो”

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुले भरोसा गर्न योग्य पार्टी नेकपा (एमाले) नै देखिएको भन्दै उत्साह देखाउन थालेका छन् ।

प्रतिनिधि सभामा सहभागिता र राष्ट्रिय राजनीति भनेको ख्यालठट्टाको विषय नभएको भन्दै मतदाताहरुले यस्तो प्रतिक्रिया दिन थालेका हुन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले कर्णाली प्रदेश उपसचिव रविन्द्रराज शर्मा मतदाता भेटघाटमा रहँदा भएका कामलाई नदेख्ने र असन्तुष्टिमात्रै फैलाएर त्यसकै आडमा राजनीति गर्ने चलन बढेको प्रतिक्रिया समेत नागरिकहरुले दिन थालेका छन् ।

केही दिन पहिला सम्म नयाँ भनिएका दल र उम्मेदवारसँग केही आशा देखिएको भए पनि हाल उनीहरुको वास्तविकता उजागर हुँदै गएकोले एमाले नै सच्चा देशभक्त पार्टी रहेछ भन्ने कुरामा ढुक्क भएको गुराँस गाउँपालिका २ का मतदाता लोकबहादुर बुढाले बताउनुभयो ।

अरु पार्टीको आलोचना र गालीलाई मात्रै हतियार बनाउने र स्पष्ट सिद्धान्त, कार्यक्रम, भिजन नभएकाहरुको कब्जाबाट देशलाई मुक्त गर्नुपर्ने बुढाको भनाई छ ।

उम्मेदवार शर्माले आफ्नो मतदाता भेटघाट कार्यक्रम गुराँस गाउँपालिकाबाट शुरू गर्नुभएको छ । मतदाताहरुले उम्मेदवार शर्मासमक्ष आगामी कार्यकालमा गर्नुपर्ने कामको सुझाव र मागसमेत पेश गरिरहेका छन् ।

दैलेख १ मा गुराँससँगै डुङ्गेश्वर, भगवतीमाई, नौमुले र महाबु गाउँपालिका तथा नारायण नगरपालिका छन् ।