काठमाडौं । आज देशका हिमाली थोरै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ ।
त्यस्तै, बाँकी पहाडी एक/दुई ठाउँमा पनि वर्षाको सम्भावना छ । तराईका धेरै ठाउँको मौसम मुख्यतया सफा रहनेछ । राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।
पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट पानी परेको छ । देशभर बादल लाग्ने गरे पनि काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँको मौसम सफा छ । दिउँसोको समयमा धेरै ठाउँमा घाम लाग्ने गरेको छ ।
यस वर्षको मनसुन बाहिरिसकेको भए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।



खबर बजार । ३० आश्विन २०८३, शुक्रबार ०७:५३