
धनुषा । मधेश सरकारमा सहभागी गठबन्धन दलले कृष्णप्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।
यादवको सरकारमाथिको समर्थन कायमै रहेको भन्दै उनीहरूले यथाशीघ्र विश्वासको मतसमेत दिने सामूहिक निर्णय गरेका छन् ।
यसअघि जनमत पार्टीले सरकारमाथिको समर्थन फिर्ता लिइसकेको छ । अन्य दलले पनि सरकारबाट हात झिक्ने चर्चाका बीच साझेदार दलले सामूहिक प्रतिवद्धता जनाएका हुन् ।
निर्णयमा कांग्रेसबाट कृष्णप्रसाद यादव, जसपाका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई, लोसपाका जयनुल राइन र रानी शर्मा तिवारीले हस्ताक्षर गरेका छन् ।
मधेशमा एमाले बाहेकको कांग्रेस नेतृत्वको सरकार छ । यद्यपि एमालले भने यादव सरकरालाई समर्थन जनाएको छ ।




खबर बजार । २७ बैशाख २०८३, आईतवार १९:४१