अझै पनि नबोल्ने बालेन, अर्थमन्त्रीले जवाफ दिने 

काठमाडौँ । सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने भनिएकोमा अन्तिम समयमा रोकिएको छ ।

प्रधानमन्त्री शाह आज प्रतिनिधि सभा बैठकमा नजानुहुने भएको हो ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरुका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाफ दिने भनिएको थियो ।

प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गर्नुभएको छैन । नेपालको संसदीय इतिहासमा प्रधानमन्त्री नबोलेको यो सम्भवतः पहिलो पटक हो ।