
काठमाडौं । आज पहाड र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाडका थोरै ठाउँमा तथा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका हिमाल तथा पहाडका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
हिमाली र पहाडी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अरू धेरैजसो ठाउँमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।




खबर बजार । १५ आश्विन २०८३, बिहीबार ०७:२१