
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले पूर्णता पाएको छ ।

मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएको २९ दिनपछि तेस्रो पटकको मन्त्रीपरिषद् विस्तारसँगै मन्त्रीपरिषद् पूर्ण सात सदस्यीय बनेको हो ।
आज नेकपाबाट तीन मन्त्रीले लिएका छन् । नव नियुक्त मन्त्रीहरुमा सबै महिला छन् । जसमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा, भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का छन् । खड्काद्वय रुकुम पश्चिमका हुन् भने लामा हुम्लाको हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ ग्रहण समेत आजै प्रदेश प्रमुख यज्ञराज जोशीले गराउनुभएको छ ।
यसअघि साउन १२ गते नेपाली कम्युनिष्ट पार्टीबाट मुख्यमन्त्रीले मात्रै शपथ लिनुभएको थियोे भने भदौ ३ गते नेकपा एमालेको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जुम्लाका टेकराज पछाईँ, सामाजिक विकास मन्त्रीमा मुगुका जीतबहादुर मल्ल र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका कलबहादुर हमाल नियुक्त भएका थिए ।




खबर बजार । ११ भाद्र २०८३, बिहीबार १२:००