मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

समसामयिक :

खुँडा प्रहारबाट एक जनाको मृत्यु

१ मिनेट पढाइ
०साझा

kuse inside

मुगु । धारिलो हतियार प्रहारबाट मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकामा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

Dailekhi urja

खुँडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

nepalgunj