चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर २मा

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर २ मा पुगेको छ ।

एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो ।

कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

१७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि त्यो जितका लागि पर्याप्त भएन । कर्णालीको जितमा जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।

बोपाराले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो तेस्तै कप्तान कुशल मल्लले २१ रन बनाए ।

त्यसअघि कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे भने जिसन मक्सुदले १४ रन योगदान गरे । रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।